दर्शकले हरर फिल्म मन नपराएका कि राम्रा नबनेका ? | Khabarhub Khabarhub

दर्शकले हरर फिल्म मन नपराएका कि राम्रा नबनेका ?


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपाली फिल्म उद्योगमा एकाध हरर फिल्म पनि निर्माण भइरहेका छन् । फिल्म लगानीकर्ताहरु यस्ता फिल्म कम लगानीमा नै निर्माण गर्न सकिने भएकाले हरर फिल्म निर्माणमा जुटेका छन् ।

हालै रिलिज भएको फिल्म ‘घर’ पनि यस्तै कम लगानीमा निर्माण भएको थियो । उक्त फिल्म एक घरभित्र हुने घटनामा आधारित भएकाले पनि लगानी एकदमै कम थियो । र, फिल्मका कलाकार पनि सीमित थिए । तर, फिल्म चलेन । दर्शकलाई फिल्मको मेकिङ नै विश्वसनीय लागेन ।

नेपाली फिल्म उद्योगमा हरर जानराको फिल्म बनाउने प्रयास खासै सफल देखिएको छैन । त्यसो त अन्य जानराका तुलनामा विदेशी हरर फिल्म खासै चलेको पाइँदैन । नेपाली फिल्मको बजार खासगरी कमेडी फिल्मले ओगटेको छ । तथापि विदेशी हरर फिल्म नेपालमा चल्दै नचल्ने भने होइनन् ।

जबकि, हरर जानराका फिल्म चलिरहेका छैनन् भने किन निर्माण भइरहेका छन् त? यसको कारण हो, प्रयोग ।

एक निर्माता भन्छन्, ‘लूट फिल्म पनि रिलिजअघि चल्ने खासै सुर थिएन, एकाएक चल्यो, त्यो नयाँ प्रयोग थियो, यसरी नै हरर फिल्म चल्छन् कि भन्ने लागेको हुनसक्छ ।’

यही प्रयोग प्रयोगका रुपमा देखिए पनि फिल्मले भने चर्चा बटुल्न समेत सकेका छैनन् । यसलाई धेरैले नेपाली हरर फिल्म नै स्तरीय बन्न नसकेको बताएका छन् । फिल्मकर्मीहरु भन्छन्, ‘बजेट जोगाउने निहुँमा जस्तो पायो त्यस्तै फिल्म बनाएर प्रयोग गरिरहेका छन्, यो प्रयोगले फिल्मकर्मीलाई डुबाउने मात्र हो ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ४२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम