हतियार र बन्दोबस्तीका सामानसहित विप्लव समूहका ३ कार्यकर्ता पक्राउ « Khabarhub

हतियार र बन्दोबस्तीका सामानसहित विप्लव समूहका ३ कार्यकर्ता पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर– रौतहट प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा ३ कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ ।

विप्लव समूहले बुधबार आह्वान गरेको बन्दका क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–३ को वडा कार्यालयमा आगजनी कार्यमा संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा रौतहटकै चन्द्रपुर नगरपालिका–४ टेकान बस्ने ३० वर्षीय रेहान तामाङ भनिने राम बहादुर घिसिङ, सोही ठाउँ बस्ने ३५ वर्षीय मान बहादुर वाइवा र चन्द्रपुर नगरपालिका–४ गैंडाटार बस्ने ५५ वर्षी रेव प्रसाद मैनाली छन् ।

पक्राउ परेकामध्ये रामबहादुर घिसिङको साथबाट सेमी अटोमेटिक चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ थान, कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ५५ वर्षी रेव प्रसाद मैनालीको साथबाट १ राउण्ड गोली, पाइप तथा विभिन्न बन्दोबस्तीका सामानहरु फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका ३ जना विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

उनीहरुले यसअघि चन्द्रपुर नगरपालिका–३ गैंडाटारमा रहेको एनसेल टावरमा आगजनी गरेको तथा ५ वैशाख २०७६ का दिन (नेपाल बन्द)को क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सारको जंगलमा ५ वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ४९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं