समाचार लेखेको भन्दै एनआरएन स्पेनद्वारा पत्रकार गजुरेललाई कारबाही ! « Khabarhub

समाचार लेखेको भन्दै एनआरएन स्पेनद्वारा पत्रकार गजुरेललाई कारबाही !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन–समाचार सत्यमा आधारित हुन्छ । सत्य तथ्य समाचार संप्रेषण गर्नु पत्रकार र संचार माध्यमको दायित्व पनि हो । तर सत्य तथ्य समाचार संप्रेषण गरेकै आधारमा कारबाहीमा पर्नु भनेको विडम्बा मात्रै होइन यथार्थपरक र सत्य समाचार संप्रेषण गर्नबाट निरुत्साहित गर्नु पनि हो ।

यसले पत्रकार र संचार माध्यमलाई समाचार संप्रेषण गर्नबाट निरुत्साहित गर्छ र जनताको सूचना प्राप्त गर्ने हकलाई समेत हनन गर्छ । यो संविधानमा व्यवस्था भएको सूचनाको हकको हनन पनि हो ।

स्पेनमा रहेर पत्रकारिता गर्दै आएका र नेपाल समाचारपत्रका लागि समग्र युरोपको रिपोर्टिङ गर्दै आएका दीपेन्द्र गजुरेलको हकमा पनि यस्तै भएको छ । उनले स्पेनमा सडक दूर्घनामा पुजन कोइरालाको मृत्युबारे लेखेको समाचारलाई लिएर एनआएन स्पेनले कारबाहीको चेतावनी दिएको छ ।

तस्बिरसहित प्रकाशन भएको उक्त समाचारलाई लिएर एनआरएनएले गजुरेललाई कारवाही गर्ने निर्णय गरेको हो ।

२०१९ को जुलाई २८ आइतबार बसेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्षन श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको ६ बुंदे निर्णयमा बुंदा नम्बर ६ मा पत्रकार गजुरेललाई कारबाही गर्ने भनिएको छ ।

प्रकाशित समाचारले एनआरएनए स्पेनको छविमाआँच आउने कार्य गरेको, लासमाथिको राजनीति गरेको, दुर्घटनमा परि दुःख परेको समयमा अतिरञ्जित गर्दै स्पेनवासी नेपालीको भावनामा खेलको आरोप गजुरेलमाथि लगाइएको छ ।

उक्त निर्णयमा गजुरेल बिरुद्ध छानविन गरी कारबाहीका लागि अनुशासन समितीलाई सिफारि गर्ने निर्णय पनि गरिएको छ ।

घटना घटेको एक दिन पछि स्पेनिश समाचारपत्रहरूमा नेपाली युवाको मृत्यु परिचय नखुलेको भनेर आएपछि प्रवासमा रहेका नेपालीहरूको आफ्न्त चिन्तित भएका थिए । त्यसै क्रममा नेपाली दुतावासका काबा राजदुत हरिहर कान्त पौडेलले सुचना सम्प्रेषण गर्नुपर्छ हामी वा पाठकहरूले सुचना संञ्चार गृहबाट थाहा पाउने बताए ।

काबा राजदुत पौडेलले भने सत्य घटनाहरू बाहिर नआए अतिरञ्जित हुन्छ कस्को मृत्यु भयो केहि पत्तो लाग्दै त्यसैले सहि समाचार सहि समयमा आउँदा सम्बन्धित निकायलाई आआफ्नो काम कर्तव्य र दायित्व गर्न सजिलो हुने समेत बताए । समाचार लेखेकै भरमा पत्रकार माथि यस्तो गतिविधि गर्नु राम्रो नभएको समेत बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर