राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान « Khabarhub

राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’ सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

उनले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : २२ बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर