कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार « Khabarhub

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– सत्ता साझेदार दल समाजवादी पार्टी नेपालका स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ ।

समाजवादी पार्टीको सुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि आज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको लवनीबाड पकडीतर्फ जाँदै गरेका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार नेता यादवको पाखुरामा गोली लागेको छ ।

गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ४ : ०१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको