इरानी विदेशमन्त्री जरिफमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

इरानी विदेशमन्त्री जरिफमाथि अमेरिकाले लगायो प्रतिबन्ध


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनद्वारा जारी वक्तव्यमा विदेशमन्त्री जरिफले इरानी सर्वोच्च नेताको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको आरोप छ ।

वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ ।

अमेरिकी प्रतिबन्धअनुसार विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीविरुद्ध पनि प्रतिबन्धको घोषणा गरेको थियो ।

इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनावको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी ‘प्रपोगान्डा’ मन्त्रीका रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

यसैबीच इरानी राष्ट्रपति हसन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत र अस्वीकार्य रहेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : २९ बजे

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या