बिजुली र इन्धन बिनै पानी तान्न मिल्ने पम्पको निरीक्षण गर्न पुगिन् खानेपानी मन्त्री मगर | Khabarhub Khabarhub

बिजुली र इन्धन बिनै पानी तान्न मिल्ने पम्पको निरीक्षण गर्न पुगिन् खानेपानी मन्त्री मगर


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छिन् ।

बिहीवार मन्त्री मगरले ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन गरेकी हुन् । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा.लि.ले पम्पको माध्यमबाट विना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिंचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामाकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिंदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो ।’, महर्जनले भने ‘विशेष गरी पहाडी एरियामा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पु-याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षा पम्पले विना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र २ किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटर देखि १ सय ५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए । यस पम्पबाट पानी तानेर सिंचाई र माछा पालन गर्न सकिने उनको भनाई छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे ।

अवलोकन पछि खानेपानी मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँ नयाँ प्रविधिको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

निरीक्षणमा खानेपानी मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ३७ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला