होटेलमा बसेर आफू अपहरणमा परेको हल्ला चलाउने युवक पक्राउ « Khabarhub

होटेलमा बसेर आफू अपहरणमा परेको हल्ला चलाउने युवक पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया मंगलबार (साउन १४ गते) घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए ।

सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । रक्सौलको श्याम इन्टरनेशनल नामको होटेलको कोठा नम्बर ५ मा बसेका उपनेसले नेपालबाट आफ्ना थप केही साथीलाई पनि त्यहाँ बोलाए ।

घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका उपनेशबारे मंगलबार साँझ वीरगन्जमा हल्ला चल्यो– उनी त अपहरणमा परे ।

वीरगन्ज हुँदै उपनेसको घरसम्म उनी अपहरणमा परेको हल्ला चल्यो । परिवारका सदस्यले प्रहरीलाई खबर गरे ।

प्रहरीले उपनेशको खोजी तीब्र पार्‍यो । उपनेशको अपहरण भएको भन्ने हल्ला चलेपछि प्रहरीले उनका साथी उत्तम भनिने निरन्जन तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

प्रहरीले सोधपुछ शुरु गरेपछि निरन्जनले वास्तविक कुरा बताए । त्यसपछि थाहा भयो उपनेशको अपहरण एक ‘नाटक’ मात्रै रहेछ । उक्त नाटक उपनेश आफैंले रचेका रहेछन् ।

प्रहरीका अनुसार उपनेशले मंगलबार दिउँसै आफ्नै गाउँका निरन्जन र सनुप दासलाई रक्सौल बोलाएर आफू अपहरणमा परेको भनेर वीरगन्जमा हल्ला चलाउन लगाएका रहेछन् ।

उपनेशले भने बमोजिम नै निरन्जन र सनुपले पनि उनी अपहरणमा परेको हल्ला चलाइदिए ।

तर, वास्तविकता पत्ता लागेपछि उपनेश र उनका साथी निरन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका पर्साका अनुसार अहिले दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ४० बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा