सबै स्थानीय तहमा स्तनपान कक्ष बनाइने « Khabarhub

सबै स्थानीय तहमा स्तनपान कक्ष बनाइने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बालबालिकाको स्तनपानको अधिकार सुनिश्चित गर्न सबै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वय गर्न ७ सय ५३ वटै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न लागेको हो ।

स्थानीय तहहरुमा स्तनपान कक्ष सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले सबै पालिका र प्रदेश कार्यालयहरुलाई परिपत्र गर्ने तयारी भएको परिवार स्वास्थ्य महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए ।

प्रजनन स्वास्थ्य ऐनमा सरकारी संरचनामा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने व्यवस्था रहेको छ । सोहि प्रावधान कार्यान्वयनका लागि स्वास्थ्य सेवा विभागले गत वर्ष नै स्तनपान कक्ष बनाइसकेको छ ।

यस्तै राजधानीका विभिन्न सरकारी निकायहरुले पनि कार्यालयमा कार्यरत महिला तथा सेवाग्राहीलाई लक्षित गर्दै स्तनपान कक्ष बनाउन शुरु गरेका छन् ।

नेपाल जनसांख्यिक सर्वेक्षणका अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको छ । यस्तै शिशु जन्मेको एकघण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्रै रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ३२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना