इराकमा भएको २ छुट्टाछुट्टै आक्रमणमा ७ सुरक्षाकर्मी मारिए « Khabarhub

इराकमा भएको २ छुट्टाछुट्टै आक्रमणमा ७ सुरक्षाकर्मी मारिए


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकी सुरक्षा बलका सदस्यलाई लक्षित गरी गराइएको आक्रमणमा कम्तीमा ७ इराकी सुरक्षाकर्मीको ज्यान गएको छ ।

इराकमा गराइएका दुई बेग्लाबेग्लै आक्रमणमा ७ सुरक्षाकर्मीको ज्यान जानुका साथै अरु १६ सुरक्षाकर्मी घाइते भएका हुन् ।

राजधानी बगदादबाट ५० किलोमिटर उत्तरमा रहेको सलाहुद्दिन प्रान्तको दुजाइल जिल्लास्थित सइद गरिब क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुले गरेको आक्रमणमा इराकको अर्धसैनिक बल पपुलर मोबिलाइजेशन फोर्स पीएमएफका तीन सदस्य तथा इराकी प्रहरीका २ जनाको ज्यान गएको इराकी अधिकारीले जनाएका छन् ।

इरानसमर्थित पीएमएफ फौजलाई इराकमा सक्रिय शिया लडाकुको छाता संगठनका रुपमा लिइन्छ ।

त्यस्तै, उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको सुलेमानिया प्रान्तमा रहेको कलार जिल्लामा गराइएको मोर्टार आक्रमणमा क्षेत्रीय सरकारप्रति वफादार अयाश सुरक्षा बलका दुई सदस्यको ज्यान गएको कुर्दिस्तनी अधिकारीले जनाएका छन् ।

आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएपनि इस्लामिक स्टेटले आक्रमणको जिम्मा हालसम्म लिएको छैन ।

कुनै समय इराकको विशाल भूभागमा कब्जा जमाएको इस्लामिक स्टेटले आफ्नो सम्पूर्ण भूभाग गुमाइसकेपनि छापामार आक्रमणलाई भने निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ४ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया