इराकमा भएको २ छुट्टाछुट्टै आक्रमणमा ७ सुरक्षाकर्मी मारिए | Khabarhub Khabarhub

इराकमा भएको २ छुट्टाछुट्टै आक्रमणमा ७ सुरक्षाकर्मी मारिए


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकी सुरक्षा बलका सदस्यलाई लक्षित गरी गराइएको आक्रमणमा कम्तीमा ७ इराकी सुरक्षाकर्मीको ज्यान गएको छ ।

इराकमा गराइएका दुई बेग्लाबेग्लै आक्रमणमा ७ सुरक्षाकर्मीको ज्यान जानुका साथै अरु १६ सुरक्षाकर्मी घाइते भएका हुन् ।

राजधानी बगदादबाट ५० किलोमिटर उत्तरमा रहेको सलाहुद्दिन प्रान्तको दुजाइल जिल्लास्थित सइद गरिब क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुले गरेको आक्रमणमा इराकको अर्धसैनिक बल पपुलर मोबिलाइजेशन फोर्स पीएमएफका तीन सदस्य तथा इराकी प्रहरीका २ जनाको ज्यान गएको इराकी अधिकारीले जनाएका छन् ।

इरानसमर्थित पीएमएफ फौजलाई इराकमा सक्रिय शिया लडाकुको छाता संगठनका रुपमा लिइन्छ ।

त्यस्तै, उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको सुलेमानिया प्रान्तमा रहेको कलार जिल्लामा गराइएको मोर्टार आक्रमणमा क्षेत्रीय सरकारप्रति वफादार अयाश सुरक्षा बलका दुई सदस्यको ज्यान गएको कुर्दिस्तनी अधिकारीले जनाएका छन् ।

आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएपनि इस्लामिक स्टेटले आक्रमणको जिम्मा हालसम्म लिएको छैन ।

कुनै समय इराकको विशाल भूभागमा कब्जा जमाएको इस्लामिक स्टेटले आफ्नो सम्पूर्ण भूभाग गुमाइसकेपनि छापामार आक्रमणलाई भने निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ४८ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ