यमनमा सैनिक परेड भइरहेको स्थानमा शक्तिशाली विष्फोट, ३२ जना मारिए « Khabarhub

यमनमा सैनिक परेड भइरहेको स्थानमा शक्तिशाली विष्फोट, ३२ जना मारिए


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आदेन– यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेनमा आयोजित सैनिक परेडमा आक्रमण हुँदा कम्तीमा ३२ सैनिकको ज्यान गएको छ ।

आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सैनिक ब्यारेकमा आयोजना गरिएको परेडमा अचानक विष्फोट भएको थियो ।

आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सैनिक अधिकारीसमेत रहेको बताइएको छ ।

आक्रमणको जिम्मा यमनमा सक्रिय विद्रोही समूह हुथीले लिएको छ । राजधानी सानामा कब्जा जमाएको हुथी विद्रोहीनिकट अल मशिरा टेलिभिजनलका अनुसार मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र एवं चालकरहित ड्रोनबाट आक्रमण गरिएको हुथी विद्रोहीको दावी छ ।

उक्त सैनिक परेड यमनको ताइज र दालेआ शहरमा आक्रमणका लागि तयारी गर्न आयोजना गरिएको हुथी विद्रोहीको दावी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ४ : ५९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६