यमनमा सैनिक परेड भइरहेको स्थानमा शक्तिशाली विष्फोट, ३२ जना मारिए « Khabarhub

यमनमा सैनिक परेड भइरहेको स्थानमा शक्तिशाली विष्फोट, ३२ जना मारिए


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आदेन– यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेनमा आयोजित सैनिक परेडमा आक्रमण हुँदा कम्तीमा ३२ सैनिकको ज्यान गएको छ ।

आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सैनिक ब्यारेकमा आयोजना गरिएको परेडमा अचानक विष्फोट भएको थियो ।

आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सैनिक अधिकारीसमेत रहेको बताइएको छ ।

आक्रमणको जिम्मा यमनमा सक्रिय विद्रोही समूह हुथीले लिएको छ । राजधानी सानामा कब्जा जमाएको हुथी विद्रोहीनिकट अल मशिरा टेलिभिजनलका अनुसार मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र एवं चालकरहित ड्रोनबाट आक्रमण गरिएको हुथी विद्रोहीको दावी छ ।

उक्त सैनिक परेड यमनको ताइज र दालेआ शहरमा आक्रमणका लागि तयारी गर्न आयोजना गरिएको हुथी विद्रोहीको दावी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ४ : ५९ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको