सडक विस्तारले पीडित बनेकाहरु १७ करोड क्षतिपूर्ति लिन आएनन् « Khabarhub

सडक विस्तारले पीडित बनेकाहरु १७ करोड क्षतिपूर्ति लिन आएनन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जोरपाटी–साँखु सडकविस्तारका क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिन पीडितहरु नआउँदा १७ करोड रुपैयाँ फिर्ता भएको छ । सडक विस्तार गर्ने क्रममा भत्काइएका घरको क्षतिपूर्ति लिनका लागि सूचना जारी गरेपनि कसैको निवेदन नपरेपछि १७ करोड रुपैयाँ सरकारलाई फिर्ता गरेकोे उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत असार २८ गते सूचना जारी गर्दै वास्तविक पीडितले ३ दिनभित्र प्राधिकरणमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको थियो । सरकारले क्षतिपूर्तिका लागि छुट्याएको उक्त रकम लिन पीडितहरु नआएको प्राधिकरणले जनाएको छ ।

निवेदन दिनेहरु पनि रकम भुक्तानीका लागि प्राधिकरणमा नआउँदा उक्त रकम फ्रिज भएको प्राधिकरणको भनाइ छ ।

पीडितहरु रकम बुझ्न नआएपछि उक्त रकम सरकारलाई फिर्ता गरेको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले खबरहबलाई जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा क्षतिपूर्तिका निम्ती ३२ करोड रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये १५ करोड रुपैयाँ भने पीडितले लिइसकेका छन् ।

‘क्षतिपूर्तिका लागि प्राधिकरणले सरकारलाई १५ करोड नै मागेको थियो’ तिवारीले भने, ‘ तर सरकारले ३२ करोड छुट्यायो । पीडितहरु रकम बुझ्न नआएपछि सरकरलाई फिर्ता गर्नुपर्ने अवस्था आयो ।’

आँशिक रुपमा घर भत्काइएकाहरुले प्राधिकरण कार्यालयमा गएर घरको विवरणसहित निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्रशासनबाट घरको मूल्याङकन भएपछि प्राधिकरणले त्यही आधारमा क्षतिपूर्ति दिने गर्छ ।

प्राधिकरणले नयाँ मार्बल प्रयोग गरेका घरलाई प्रति स्क्वायर फिट २८ सय रुपैयाँ उपलब्ध गराउँछ । सामान्य घरलाई प्रतिस्क्वाएर फिट २४ सय रुपैयाँ दिने गरेको छ । धेरै पुराना घरलाई भने अवस्था हेरेर क्षतिपूर्ति दिने गरेको तिरावीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ५ : ४६ बजे

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा