यो त गणतन्त्र नभएर ‘छाडातन्त्र’ भयो, हाम्रो देश कता जाँदैछ ?–आस्था राउत « Khabarhub

यो त गणतन्त्र नभएर ‘छाडातन्त्र’ भयो, हाम्रो देश कता जाँदैछ ?–आस्था राउत


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालै बजारमा आएको गीत ‘घाँटीभन्दा तल’ विवादमा मुछिएको छ । आर्जन पाण्डेले बजारमा ल्याएको यो गीतको भिडियोमा रीमा विश्वकर्माले अभिनय छ । गीतका शब्दमा महिलाको अङ्गप्रत्यङ्ग राम्रो भएको तर अनुहार राम्रो नभएको भन्ने आशयका शब्द प्रयोग गरिएको छ ।

गीतमा महिलाको घाँटीभन्दा तलको भाग राम्रो भएको भन्न खोज्नुले सीधै महिलालाई नकारात्मक रुपमा हेर्न खोजिएको भन्दै विरोध गर्ने क्रम जारी छ ।

यसैबीच गायिका आस्था राउतले गीतमा प्रयोग भएका शब्दलाई लिएर विरोध जनाएकी छिन् । उनले संगीतमा अब सेन्सरशीपको आवश्यकता भएको समेत बताइन् ।

खबरहबसँग कुराकानी गर्दै गायिका राउतले छोरीप्रति उन्माद जगाउने गीत बजारमा आउनु लाजमर्दो भएको बताइन् । उनले ‘घाँटीभन्दा तल’ भनेर सर्जकले महिलाको अङ्गप्रत्यङ्गको चर्चा गरेको भन्दै विरोध जनाइन् ।

‘खास त सेन्सरलाई राम्रो मानिँँदैन, तर नैतिकताको कुरा गर्ने हो भने अब गीतमा सेन्सरशीप लागू गर्नुपर्ने अवस्था आइसक्यो,’ राउतले भनिन्, ‘छोरी मान्छेको अंगलाई उडाएर गीत बनाउने, फेरि त्यसमा पनि छोरी मान्छे नै खेल्ने, चल्छ भनेर जे पायो त्यही गीत बजारमा ल्याएर आफू हिट हुने ? यस्तो गीत गाउनु हुँदैन ।’

पहिले मौलिक गीतमा द्वीअर्थी शब्द प्रयोग गरिने तर अहिले त ठाडै अर्थ लाग्ने शब्द चयन गरेर गीत लेखिएको प्रति आपत्ति जनाइन् । ‘उसै त मान्छेमा नकारात्मक सोच छ, त्यस्तालाई अझै यस्ता गीत ल्याइदिने ? पहिले डबल मिनिङ हुन्थ्यो, अहिले त ठाडै त्यस्तो अर्थ लगाउन थालियो,’ उनले भनिन् ।

आफै सर्जकले नै सेल्फ सेन्सरशीपबारे सोच्नुपर्नेमा अरुले भन्ने अवस्था आउनु ठीक नभएको राउतले बताइन् । ‘यो त लोकतन्त्र/गणतन्त्र नभएर छाडातन्त्र भयो, हाम्रो देश कता जाँदैछ,’ उनले भनिन्, ‘जब हाम्रो कर्ममा नै नेपालीपन छैन भने हामी नेपाली भनेर कसरी गर्व गर्ने, न बोलीमा कुनै भर छ, न काम गराइको तरिका छ ।’

गीतको एक दृश्यमा रीमा विश्वकर्मा र आर्जन पाण्डे ।

‘छोरी मान्छेको अङ्गप्रत्यङ्ग तुलना गरिएको गीतमा समेत सर्जकले सेल्फ सेन्सर लगाउन नसक्ने? हामी त्यतिसम्म गए गुर्जेका छौँ,’ उनले आक्रोश पोखिन् ।

पछिल्लो समय आर्जन पाण्डेले बजारमा ल्याएको गीत ‘घाँटीभन्दा तल’ मा गरिएको शब्द चयनका कारण यो गीत विवादमा परेको हो । गीतको अरु कलाकारले पनि विरोध गरेका छन् ।

यो गीतलाई नायिका केकी अधिकारीले शेयर गरेकी थिइन् । सोही गीत शेयर गरेका कारण केकी समेत विवादमा तानिएकी थिइन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ५ : ५९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग