कंगोमा इबोला संक्रमण बढेपछि रुवाण्डाले गर्‍यो नाका बन्द « Khabarhub

कंगोमा इबोला संक्रमण बढेपछि रुवाण्डाले गर्‍यो नाका बन्द


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किगाली– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्राणघातक इबोला रोगको संक्रमण बढ्दै गएको संकेतपछि रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ ।

छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि सीमा बन्द गरेको हो ।

कंगोका राष्ट्रपति कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ । यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने गर्छन् ।

कंगोले जनताको दैनिक जीवनमै असर पार्ने गरी एकपक्षीय रुपमा रुवान्डाबाट सीमा बन्द गरिएको भन्दै आपत्ति जनाएको छ । रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ ।

रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाई हुने पनि कंगोले जनाएको छ ।

सन् २०१८ को अगष्टयता कंगोमा फैलिएको इबोलाका कारण एक हजार ८ सय ३ जनाको ज्यान गइसकेको छ । गोमा शहरमा संक्रमित तीन जनामध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरुले शहरी इलाकामा यो रोगको संक्रमण अझ तीव्र रुपमा फैलन सक्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : ०५ बजे

मनिष झाले गरे मतदान

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ का

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान