राजा र गाई बोकेर हिँड्नेहरुले नै गाई मारेर पाखण्डीपन देखाएः डा.भट्टराई « Khabarhub

राजा र गाई बोकेर हिँड्नेहरुले नै गाई मारेर पाखण्डीपन देखाएः डा.भट्टराई


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्डता देखाएको प्रतिक्रिया दिएका छन् ।

समाजवादी पार्टीको प्रदेश ३ समायोजन कार्यदलले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई राप्रपा, कांग्रेस र सत्तारुढ दलमाथि आक्रमक रुपमा प्रस्तत भए।

उनले राप्रपालाई राजतन्त्रको भूत, कांग्रेसलाई बृद्ध र सत्तारुढ नेकपालाई भ्रम छरेर बाँचिरहेको पार्टी भएको आरोप लगाए। उनले राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड’, उनले भने, ‘७० वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ। झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिस्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ। त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ।’

अध्यक्ष भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए। ‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ। अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्’, उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन्। यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो।’

उनले आज विहान मात्रै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-

गौहत्या छानविन समितिको कार्यक्षेत्र अलि विस्तार गरे कसो होला ? हालै,बाँके-बर्दिया-कैलाली जाँदा पू-प लोकमार्ग र दक्षिणी सीमासम्म जोड्ने सडक/चौकमा असामान्य रूपमा छाडा गाईगोरू देखिन्थे ! के कारण होला ? खुला सीमाका दुवैपट्टि गौबध प्रतिबन्धित भए पछि करोड़ौ् बुढा गाई/गोरू के गर्ने होला ?

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  ८ : ४६ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड