तीजमा पशुपतिनाथका चारै ढोका खुल्ला हुने « Khabarhub

तीजमा पशुपतिनाथका चारै ढोका खुल्ला हुने


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका खुल्ने भएका छन् । २ दशकदेखि बन्द यी ढोका यसपालीदेखि खुल्ने भएका हुन् ।
पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।

सरकारी सवारीको दुरूपयोग रोक्ने उद्देश्यले यसपालि पशुपति क्षेत्रमा सवारी प्रवेश पासको व्यवस्था गरिएको छैन । पङ्क्तिबद्ध हुन नपर्ने गरी विगतमा जारी हुँदै आएको मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।

जुत्ताचप्पललाई सहज रूपमा व्यवस्थापन गर्न सिर्जनशील युवा क्लबका स्वयंसेवक परिचालित गरिएको छ । पर्व मनाउन आउनेको सुरक्षाका लागि यस क्षेत्रमा महिला प्रहरीलाई विशेष रूपमा खटाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : १० बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट