रिलिजको केही घण्टामा इन्टरनेटमा लिक भयो प्रभासको ‘साहो’ « Khabarhub

रिलिजको केही घण्टामा इन्टरनेटमा लिक भयो प्रभासको ‘साहो’


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभास र श्रद्धा कपूरको प्रतीक्षित भारतीय फिल्म ‘साहो’ रिलिज भइसकेको छ । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि व्यापारमा धमाका मच्चाएको छ । प्रभासका क्रेजका कारण बिहानैदेखि फिल्मको शो राखिएको थियो ।

तर, फिल्म हलमा रिलिज भएको केही घण्टामै यो फिल्म अनलाइनमा लिक भएको छ । अनलाइनमा लिक भएपछि फिल्मको व्यापारमा पनि घाटा पर्ने अनुमान गरिएको छ ।

खबरका अनुसार फिल्मलाई तमिलरकर्सले इन्टरनेटमा अपलोड गरिदिएको हो । यो, त्यही साइट हो । जुन फिल्म लिक गराउने मामिलामा बदनाम भइसकेको छ । यो फिल्म हाइ क्वालिटीमा इन्टरनेटमा अपलोड गरिएको छ ।

‘साहो’ का निर्माताले फिल्म हटाउने प्रयास गरिरहेका छन् । यो फिल्मले पहिलो दिन मात्र १ सय करोडभन्दा माथिको व्यापार गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : ३९ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्