आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा « Khabarhub

आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाली हिन्दू नारीहरुको चाँड तीज अन्तगरगतको दर खाने दिन हो । आज राति हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ । आजकै दिन विवाह गरेर पतिको घरमा रहेका नारीहरु माइत पुगेर दर खाने चलन रहेको छ ।

तीजको दिन व्रत बस्ने महिलाहरुले आजा राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिन्छ । त्यही शक्ति पाउनका लागि पनि आज रात परेपछि दर खाने चलन रहेको छ ।

भोली व्रत बसेर नाचगान गर्दै तिज मनाउनको लागि आज राति दर खादा विषेश ध्यान पुर्‍याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ । त्यसैले दर खादा स्वास्थ्य र स्वस्थकर दरमा विशेषज्ञ ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

तीजको दरमा के खाने ?

– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन,

–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,

–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ,

–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ,

–दरसँग अल्कोहल पीउनु हुँदैन ।

यस्ता कुराहरु ख्याल गरेर दर खाएमा तीजको दिन तपाई आरामसँग व्रत बस्न र नाचगाँन गर्न सक्नुहुन्छ । तर व्रत बस्दा र दर खादा दिर्घ रोगक बिरामीले विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ५९ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको