क्रिकेटको अभ्यासका लागि अझै २–३ दिन अझै लाग्छ – महेन्द्र राई « Khabarhub

क्रिकेटको अभ्यासका लागि अझै २–३ दिन अझै लाग्छ – महेन्द्र राई


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा दक्षिण एसियाली खेलकुदको महासंग्राम साग आयोजना हुँदैछ । नेपालले आयोजना गर्ने १३ औं संस्करणको सागमा २७ खेल समावेश गराइएको छ । २७ मध्ये २६ खेल अहिले सागको अभ्यासमा व्यस्त छन् । तर, नेपाली पुरुष क्रिकेट टोलीको अभ्यास शुरु गर्न भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई हम्मेहम्मे भइरहेको छ ।

साउन १६ गतेदेखि सबै खेललाई अभ्यासमा बोलाएको राखेपले क्रिकेटका लागि अभ्यास स्थल टुङ्ग्याउन नसक्दा समस्या भइरहेको छ । राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्र कुमार राईले क्रिकेट टोलीको अभ्यास शुरु गर्न अझै केही दिन लाग्ने बताएक छन् ।

‘हामीले आजदेखि (सेप्टेम्बर १) देखि क्रिकेटको अभ्यास शुरु गर्ने बताएका थियौं । तर, अभ्यास स्थल नहुँदा समस्या भइरहेको छ । मुलपानीमा पनि समस्या रहेछ । अब हामी पोखराको मैदान अवलोकनका लागि जाँदै छौं,’ आइतबार पोखरा जाने तयारीमा रहेको बताएका राइले भने,‘यता नभएपनि हामीले पोखरामै भएपनि अभ्यास २–३ दिनमा शुरु गछौं ।’

राईले राखेप सदस्य सचिव रमेश कुमार सिलवाल पनि पोखरामै रहेको र त्यहाँको मैदान अवलोकन गरीरहेका कारण पनि क्रिकेटको अभ्यास आइतबारबाट शुरु हुन नसकेको बताएका छन् ।

सागकै अभ्यासमा रहेको नेपाली महिला टोली अहिले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । महिला टोलीले टियु मैदानमा र पुरुष टोलीले मुलपानी मैदानमा अभ्यास गर्ने गरी राखेपले तयारी गरेपनि मुलपानी मैदान तयार हुन नसकेपछि समस्या भएको राईले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : ३२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी