गौहत्या प्रकरणमा छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ : मन्त्री इस्तियाक « Khabarhub

गौहत्या प्रकरणमा छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ : मन्त्री इस्तियाक


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद् हो ।

“नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‍याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन”, मन्त्री राईले भने ।

एक प्रश्नको जवाफमा उनले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताए ।

नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आफूले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन दिएको छैन ।

नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आफ्नो मन्त्रालयबाट काम भइरहेको उनले बताए ।

अर्को एक प्रश्नको जवाफमा मन्त्री राईले भने, “म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ ।”

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  १ : ३६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार