अधिकांश बैंकको एटिएम सञ्चालनमा, सम्बन्धित बैंकबाट मात्र पैसा निकाल्न मिल्ने « Khabarhub

अधिकांश बैंकको एटिएम सञ्चालनमा, सम्बन्धित बैंकबाट मात्र पैसा निकाल्न मिल्ने


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो ।

गए राति राजधानीको दरबारमार्ग र ठमेलबाट पाँच जना चिनियाँ ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो ।

नविल बैंकको एटिएमबाट ह्याक गरेर रकम निकाल्दै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको थियो ।

यसैबीच एटिएम ह्याक भएको विषयमा राष्ट्र बैंकले विभिन्न बैंकहरुसँग छलफल गरेको छ । छलफलपछि अधिकांश बैंकको एटिएम चलेका छन् तर प्रभु बैंक र एनआइसी एसियाको भने एटिम सञ्चालनमा आएको छैन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने कुनै पनि खाताबाट रकम नझिकिएको बताए । उनले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ३१ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने