राष्ट्र बैंकले भन्यो– एटिएमबाट तपाईंहरुको पैसा हराएको छैन « Khabarhub

राष्ट्र बैंकले भन्यो– एटिएमबाट तपाईंहरुको पैसा हराएको छैन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार बाहिर आएपछि आतंकित बनेका सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले नआत्तिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिएिको बताउँदै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएम सिस्टममा समस्या आएको जानकारी दिँदै एटिएमबाट पैसा निकाल्न नमिलेको बताए । उनले भने, ‘कुनै पनि बैंकको व्यक्तिगत खाताबाट गैह्रकानुनी रुपमा पैसा निकालिएको छैन ।’

ह्याकरले एटिएमको पैसा झिके पनि व्यक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे । एक दर्जनभन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याबारे छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो । यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन ।

यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ४५ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने