शुक्रवार नेपाल आएका थिए चिनियाँ ह्याकर, बैंकबाट पैसा निकालेर सोमबार भाग्ने तरखर ! « Khabarhub

शुक्रवार नेपाल आएका थिए चिनियाँ ह्याकर, बैंकबाट पैसा निकालेर सोमबार भाग्ने तरखर !



काठमाडौं– नेपालका विभिन्न बैंकका एटिएम ह्याक गरेर ठूलो मात्रामा रकम निकाल्न सफल चिनियाँ ह्याकरहरु भदौं १३ गते(शुक्रवार) नेपाल आएको तथ्य खुलेको छ ।

शनिवार राति नविल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट रकम निकालिरहेका १ जना चिनियाँ नागरिक पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

बुथबाट पैसा निकाल्ने क्रममा प्रहरी नियन्त्रणमा परेका ति चिनियाँ नागरिकले दिएको सूचनाका आधारमा अन्य चार जना चिनियाँ ह्याकरहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

हात्तीसार स्थित जय नेपाल फिल्म हल नजिकको एक होटलमा बसेका उनीहरुलाई प्रहरीले शनिवार राति नै नियन्त्रणमा लिएको थियो ।

‘काठमाडौं आएपछि फरक फरक होटलमा बस्दै आएका उनीहरुलाई जय नेपाल नजिकको होटलबाट पक्राउ गरिएको हो’ पक्राउ परेका चिनियाँ नागरिकलाई सार्वजनिक गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी उत्तम सुवेदीले भने, ‘कोठा सर्न लागेको बेलामा उनीहरुलाई पक्राउ गरिएको हो ।’

नक्कली कार्ड र रुपैयाँ बरामद

प्रहरीका अनुसार चिनियाँ ह्याकरहरुले नेपाली बै‌ंकका एटिएमबाट १ करोड ६८ लाख ५४ हजार लुटेका छन् । तर, उनीहरुको साथबाट नेपाली र विदेशी मुद्रा समेत गरी १ कराेड ३६ लाख रुपैयाँ मात्रै बरामद भएकाे एसएसपी सुवेदीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा १ हजार १ सय ९१, युरो २ सय ५०, क्याम्बोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० फेला परेको जनाएको छ ।

त्यस्तै, प्रहरीले पाँच जना ह्याकरको समूहबाट नक्कली भिसा कार्ड १३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर १ थान, मोबाइल ६ थान, डाटा कार्ड एक थान समेत फेला पारेको छ ।

प्रहरीका अनुसार उनीहरुले बैंकहरुको डाटा ह्याक गर्ने र नक्कली कार्ड प्रयोग गरेर एटीएम बुथबाट पैसा निकालेका थिए ।

शुक्रवार नेपाल आएका उनीहरु भदौ १६ (भोलि) चीन जाने तयारीमा थिए । भोलिको मितिका लागि उनीहरुले टिकेट बुकिङ समेत गरिसकेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ३ : १३ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि