४८ वर्ष अघि पत्ता लागेको थियो दाङमा पेट्रोल खानी तर राज्यले दिएन ध्यान | Khabarhub Khabarhub

४८ वर्ष अघि पत्ता लागेको थियो दाङमा पेट्रोल खानी तर राज्यले दिएन ध्यान


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो ।

केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङका अन्य ठाउँहरुमा पनि पेट्रोल खानी हुनसक्ने विज्ञहरु औँल्याउँछन् । यस विषयमा राज्यको ध्यान पुग्न सकेको छैन ।

विसं २०७२ मा भारतले नाकाबन्दी गरेका बेला उक्त पेट्रोल खानीबाट पेट्रोल निकाल्ने चर्चा चलेको थियो तर, काम भने भएन । धेरै वर्ष पहिले पेट्रोल खानी भएको निष्कर्ष विज्ञहरुले निकालिसकेको भए पनि अहिलेसम्म उत्खनन्को प्रयास कतैबाट पनि नहुनु दुःखद भएको नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बखरियामा रहेको पेट्रोल खानी उत्खनन् गर्न केन्द्रीय सरकारसँग सहकार्य गर्ने बताउँदै आएका छन् । स्थानीय बासिन्दाका अनुसार खानी तथा भू–गर्भ विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरियामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो ।

सोही तथ्यलाई आधार मान्दै बखरियाको पेट्रोल खानीका जानकार स्थानीय जेष्ठ नागरिक हरिभक्त भण्डारीले तत्कालीन समयमा भारतको दबाबमा रोकिन पुगेको पेट्रोल खानीको उत्खनन् पुनः थाल्न माग गर्दै आइरहेका छन् ।

दाङको तुलसीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणमा रहेको बबई किनारको उक्त बखरिया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिनसमेत जडान गरिएको थियो । उक्त खानी उत्खनन्मा विशेष भूमिका निर्वाह गरेका भण्डारी त्यो बेला खानीबाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए ।

“विसं २०२८ मा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो,” उनले भने– “उत्खनन्को क्रममा खानीबाट निस्केको पानीले जमीन र हरियो घाँस डढ्ने गथ्र्यो ।” भण्डारीका अनुसार खानी खन्ने क्रममा बखरिया आसपासको क्षेत्रमा ग्यास खानी रहेको पत्ता लागेको प्रविधिज्ञहरुले बताएका थिए ।

अनुसन्धानका क्रममा उरहरीको क्वाङखोलाबाट सुकौराको पूर्वी इनारसम्म ग्यास खानीको सम्भावना औँल्याइएको बखरिया निवासी ७९ वर्षीय भूपाल बस्नेतले जानकारी दिए । बस्नेत बखरियामा पेट्रोल उत्खनन्का लागि निर्मित गोदामको प्रमुख भएर १५ वर्षसम्म काम गरेका व्यक्ति हुन् ।

उनले भने– “फेरि पनि यसको उत्खनन्मा राज्यले ध्यान दिन जरुरी छ । उरहरीको सुकौरास्थित प्राकृतिक जरुवाको पानीमा जापानी इञ्जिनीयरहरुले परीक्षण गर्दा आगो लागेको आफ्नै आँखाले देखेको हुँ ।” पेट्रोल खानीका लागि प्राविधिक टोलिसँगै आफूले काम गरेको जानकारी दिने बस्नेतले भने– “तत्कालीन समयमा पेट्रोल उत्खनन् मेसिनका प्रमुख श्यामकृष्ण खड्काले ‘मलाई तिमीहरु त भाग्यमानी रहेछौं, तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो’ भनेको आजै जस्तो लाग्छ ।”

दाङमा कोइलाखानी चालु छ । सिमेन्टका लागि आवश्यक चुन ढुङ्गाको भण्डार छ । देउखुरीमा सुन खानीको उत्खनन् जारी छ । तामा खानीको पनि सम्भावना भएकाले बबईको समथर भू–भाग बखरियामा पेट्रोल खानीको प्रवल सम्भावना रहेको भू–गर्भ विद्हरु बताउँछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : २५ बजे

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक

भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने

हैदराबाद- तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २- द रुल’

सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री

किमाथांका- जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री

वैज्ञानिकले बनाए फोक्सोको स्क्यान गर्ने प्रविधि 

काठमाडौं– वैज्ञानिकहरूको टोलीले फोक्सो स्क्यान गर्ने नयाँ विधि विकास गरेका

चिसिँदो काठमाडौं उपत्यका ( तस्बिरहरू)

काठमाडौं- केही दिनयता पानी पर्न खोजेसँगै काठमाडौंमा चिसो बढेको छ।