प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो « Khabarhub

प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर गएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ५ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब सोमबार छैटौं पटक र बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ ।

बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किर्ने उनकी निजी चिकित्सक दिव्यसिंह शाहले बताइन् ।

‘प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो, अहिलेसम्म ५ पटक भइसकेको छ, ७ पटकसम्म गर्नुपर्ने हो,’ शाहले खबरहबसँग भनिन्, ‘ बुधबार ७ औं पटक प्लाज्मा फेरेसिस हुने मिति तय भएको छ । प्लाज्मा फेरेसिस सकिएपछि दुई -तीन दिनपछि नेपाल फर्किनुहुन्छ ।’

यसअघि प्रधानमन्त्री ओलीसँगै उनकी निजी चिकित्सक दिव्यसिंह शाह सिंगापुर गएकी थिइन् । उनी केही दिनअघि नेपाल फर्किएकी हुन् । अहिले प्रधानमन्त्री ओलीसँग अर्का निजी चिकित्सक डाक्टर दिलिप शर्मा सिंगापुरमा छन् ।

यसअघि प्रधानमन्त्री ओली गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले