इन्द्रजात्राका लागि महानगरपालिकाले दियो १० लाख सहायता « Khabarhub

इन्द्रजात्राका लागि महानगरपालिकाले दियो १० लाख सहायता


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार आयोजित एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पद भत्ता पनि वितरण गरेको छ । त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारकै दरले वार्षिक पद भत्ता पनि मेयर शाक्यले हस्तारण गरे ।

त्यस अवसरमा मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च पनि उपलब्ध गराउन आफूहरु तयार रहेको स्पष्ट पारे ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार मासिक पद भत्ता वितरण गर्ने निर्णय पनि गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ५४ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट