नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छः राजदूत पुरी « Khabarhub

नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छः राजदूत पुरी


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुई देशबीचको आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् ।

भारत सरकारको सहयोगमा गोरखामा भइरहेको भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गर्न गोरखा पुगेका राजदूत पुरीले भारत सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित पदेलडाँडाकी रेणु खड्काको घर निरीक्षण गरे ।

उनले गोरखाको पुनःनिर्माण तीव्र रुपमा अगाडि बढेकामा खुशी व्यक्त गरे । “दुई देशबीचको समन्वय र सहकार्यले पुनःनिर्माण तीव्र गतिमा भएको छ”, राजदूत पुरीले भने, “नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छ ।”

राजदूत पुरीले सहयोग र आपसी सहकार्यमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए ।

भारतले गोरखा र नुवाकोटमा भूकम्पले क्षति पु¥याएका ५० हजार घर पुनःनिर्माणका लागि रु छ अर्ब ९५ करोड सहयोग उपलब्ध गराएको छ । गोरखामा २६ हजार ९१२ भूकम्पपीडितलाई सहयोग गरिएको यूएनडीपीका गोरखा संयोजक राम सापकोटाले जानकारी दिए । यहाँ २३ हजार ८०० घर पुनःनिर्माण सम्पन्न भएको उनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५