चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा « Khabarhub

चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ ।

शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् । कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन् ।

यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् ।

शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले जाँच गर्न खोज्दा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुर्‍याएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : १२ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको