चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पूरा : बेइजिङमा विशेष कार्यक्रम « Khabarhub

चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पूरा : बेइजिङमा विशेष कार्यक्रम


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रममा राष्ट्रपति सि चिनफिङले सम्बोधन गर्नेछ भने कम्युनिस्ट सरकार आएपछि चीनले गरेको प्रगतिको समीक्षा हुनेछ ।

सो अवसरमा चीनले बेइजिङ्गमा अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । परेडसँगै चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार १५हजार सेनाले परेड खेल्नेछन् । त्यस्तै १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकपनि भाग लिने जनाइएको छ ।

७० औं वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गर्ने तयारी भएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । सो कार्यक्रममा सहभागिताका लागि विभिन्न ९७ देशका १८८ मिलिटरी एट्याची बेइजिङ पुगेका छन् ।

यही कार्यक्रममा सहभागी हुन हङकङका कार्यकारी प्रमुख केरी लेम पनि २ सय ४० जनाको प्रतिनिधिमण्डल लिएर चीन पुगेका छन् ।

वार्षिकउत्सवको कार्यक्रममा चीनको शान्तिप्रेमी र जवाफदेही प्रदर्शन गर्न लागिएको चिनियाँ रक्षामन्त्रालयले उल्लेख गरेको छ ।

चीनमा सन् १९४९मा माओले चीनमा जनगणतन्त्रको स्थापना गरेका हुन् । १९६६ देखि ७६ सम्म साँस्कृतिका क्रान्ति चलेको थियो । १९७७मा देङ्ग सियायोपिङ्गले चीनको अर्थतन्त्रमा मुख्य सुधारको पहल गरेका थिए ।

सेनाले सन् १९८९मा तियानमेन स्क्वायरमा लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि दमन गरेको थियो । सन् २०१०मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भयो । सन् २०१८मा अहिलेका राष्ट्रपति सी जिनपिङ्गले आफू सधैका लागि चीनको राष्ट्रपति हुन सक्ने व्यवस्था गरेका हुन् ।

चीनको अहिले सम्मको विकासलाई लिएर विश्वले नै आश्चर्य मान्दै आएको छ । तर, मानवअधिकार र स्वतन्त्रताको कुरालाई लिएर उत्तिकै प्रश्नपनि उठिरहेका छन् । अहिले विश्वमा एउटा ध्रुवको नेतृत्व अमेरिकाले र अर्को ध्रुवको नेतृत्व चीनले गर्ने अवस्था उत्पन्न भइरहेको बेलामा चीनले विशेष कार्यक्रम गर्न लागेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ३३ बजे

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको

धनुषामा युवती मृत फेला

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक