विदेशबाट आएको उपहार : टीभी र मोबाइलमा मात्रै २१ करोड खर्च | Khabarhub Khabarhub

विदेशबाट आएको उपहार : टीभी र मोबाइलमा मात्रै २१ करोड खर्च


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दशैंको टिका अर्थात विजय दशमीको दिन आउन अब एक हप्ता बाँकी छ । नौरथा लागेसँगै दशैंको चहलपहल पनि शुरु भएको छ ।

सडक भएर यात्रा गर्ने यात्रु मात्र होइन हवाई यात्राले पनि दशैंको झल्को दिन थालेको छ । त्यसमा पनि वैदेशिक रोजगारीमा जाने युवा दशैंका लागि घर फर्कन थालेका छन् ।

हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा पुग्दा पनि यही झल्को दिन्थो ।

ठूलो सुटकेश अनि एलसीडी टीभी हातमा बोकेर आउने युवालाई स्वागत गर्न परिवारका सदस्य पनि विमानस्थल पुगेका भेटिन्छन् ।

यसरी दशैं तिहार मनाउन घर विदामा फर्किने अधिकांशका साथमा आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो लिएर आएको दृश्य देखिन्छ ।

दशैंमा कति बेला परिवार र आफन्तसँग भेटेर खुशीयाली मनाउन आतुर देखिएका उनीहरुका साथमा टीभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारका स्वरुप लिएर आउने गरेको विमानस्थलमा कार्यरत कर्मचारी बताउँछन् ।

सरकारले विभिन्न सामानमा भन्सार छुटको व्यवस्था गरेका कारण उनीहरुले सूचना पाएअनुसार छुटका सामान लिएर आउने गरेका छन् । भन्सार छुटका कारण विदेशबाट फर्किएका धेरै कामदारले टीभी र मोबाइल फोन ल्याउने गरेका छन् ।

नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शूल्क छुट भएका कारण पनि आफन्त र परिवारलाई टीभी तथा मोबाइल नै पहिलो रोजाइमा पर्ने गरेको विमानस्थलमा भेटिएका कामदारले बताउँछन् ।

फ्रान्समा ३ वर्षपछि स्वदेश फर्किंदै गरेका ललितपुरका गंगा श्रेष्ठ मंगलबार त्रिभुवन विमानस्थलमा ‘एलइडी’ टिभी र सुटकेश डोर्‍याएर बाहिरदै गरेको भेटिए ।

परिवारमा २ वटा मोबाइल र घरमा आवश्यक पर्ने भएकोले एउटा ३२ इन्चको टीभी साथमा लिएर आएको श्रेष्ठले बताए । उनले भने, ‘स्वदेश फर्किएपछि पनि किन्न परिहाल्छ । त्यसमाथि उता नयाँ प्रविधि तथा सस्तोमा पाइने भएकाले साथमा लिएर आएको हुँ ।’

भन्सारका कारण पनि यस्ता सामान नेपालसम्म आइपुग्दा क्रय मूल्य उच्च हुन्छ जसका कारण उत्तैबाट लिएर आएको उनको भनाइ छ ।

यस्तै, बिमानस्थलबाट बाहिरिदै गरेका धनकुटाका मनिष चापागाईँले परिवारका सदस्यका लागि मोबाइल र एउटा टिभी साथमा लिएर आएको बताए ।

उनले भने, ‘नेपालमा किन्दा एउटै मोडल भएपनि बढी मूल्य पर्छ । सरकारले विदेशबाट फर्किंदा सीमित संख्यामा यस्ता समान ल्याउन भन्सार छुट दिन्छ । विदेशमा नेपालमाभन्दा धेरै सस्तो पर्छ । त्यही भएर लिएको आए।’ उनी कतारबाट फर्किएका हुन् ।

यस्तै, दक्षिण कोरियाबाट दशैंं मनाउन घर फर्किएका चितवनका धिरज सुवेदीले कोरियामा नेपालीहरुको चाड दशैंलाई लक्षित गरेर टीभी र मोबाइलमा छुट दिएकाले आफूले पनि एउटा टिभी र ३ वटा मोबाइल बोकेर आएको जानकारी दिए । नेपालको भन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ ।

त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत बिक्रीका लागि राखिएपछि त्यतापट्टि धेरैको आकर्षण भएको उनको भनाई छ ।

नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ । कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुटको पनि व्यवस्था पनि गरिएको हुने गरेको उनीहरुको भनाई छ ।

विशेष छुटकै कारण सस्तो मूल्यमा फोन पाइने भएपछि धेरैले मोबाइल र टीभी लिएर आउने गरेकोको रामेछापका राजेन्द्र कार्कीले बताएका
उनीहरु त वैदेशिक रोजगारीबाट फर्किंदै गर्दा विमानस्थलमा भेटिएका प्रतिनिधि पात्रमा हुन । यसरी घर फर्किने धेरै नेपालीले ३२ इन्चसम्मको टीभी लिएर आउने गरेका छन् ।

अधिकांशका साथमा ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ । यसका कारण प्रायजसोले यो सुविधाको उपभोग गरेको पाइन्छ ।

विदेशमा नेपालमा भन्दा झन्डै आधा मूल्यमा टीभी र अन्य मोबाइल फोन किन्न पाइन्छ । जसकारण धेरै स्वदेश फर्किनेको हातमा टीभी र मोवाइल लिएर आउने गरेको छ ।

अर्थ मन्त्रालयले तय गरेको निजी, गुन्टा, झिटीसम्बन्धी प्रावधानअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक २ वटासम्म मोबाइल फोन ल्याउन पाइन्छ । तर, विदेशबाट घर फर्किनेहरुले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन् ।

यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन । ३ वटा मोबाइल ल्याएर आएको भएपनि विमानस्थलमा रहेको भन्सार फाँटमा कुनै पनि जाँचबुझ नगरेको सुवेदीले बताएका छन् ।

धेरै सामान लिएर आउँदा सास्ती

कतिपयका हकमा भने विदेशबाट फर्किंदा कुन सामान, कति परिमाणमा ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा धेरैले विमानस्थलमा सास्ती व्योहोर्ने परेको बताउँछन् ।

यसरी सामान लिएर जान्न नपाउन विषयमा सम्बन्धित देशका नियोगले पनि जानकार नगराउदाँ नेपालको विमानस्थलमा सास्ती ब्योहोर्ने लागेको विदेशीबाट फर्किने गुनासो गर्दैछन् ।

सरकारले विभिन्न देशमा रहेका कुटनीतिक नियोगमार्फत भन्सार लाग्ने र नलाग्ने सामानका बारेमा जानकारी गराएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

कतिपय विदेशीबाट फर्किएकाले भनसुन गरेर सामान भित्राउन आसमा धेरै सामान बोकेर आउँदा सास्ती ब्योहोर्ने गरेको उनको भनाई छ ।

चाडपर्व नजिकिँदै गर्दा औसतमा नेपालीहरुको स्वदेश फर्किने संख्या विदेसिनेको भन्दा ३ गुणा बढी हुन्छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार यसबीचमा झन्डै ३ हजार नेपाली औसतमा नेपाल फर्किएका छन् । भने विदेसिनेको संख्या करिब ५ सय छ ।

दैनिक २१ करोड माथिको सामान

दशैंमा घर फर्कनेले झण्डै २१ करोड बराबरको टीभी र मोबाइल भित्र्याउने गरेको विमानस्थलका कर्मचारी बताउँछन् । दैनिक रुपमा ४ सयभन्दा बढी टेलिभिजन सेट तथा ३ हजारभन्दा बढी मोबाइल सेट भित्रने गरेका छन् ।

यी सामानको औसत दाम गणना गर्दा २१ करोड माथि पुग्ने गरेको पाइएको छ ।

एकमुष्ट सामान आएको देख्दा विलासी सामानमा मात्र वैदेशिक रोजगारीको पैसा खर्च भएको देखिएपनि चार्डपर्व लक्षित छुट योजनाका कारण सस्तो दरमा खरिद गरेर ल्याउँदा फाइदा नै पुग्ने अध्यागमन विभागका निर्देशक तिवारीको बुझाइ छ ।

यही सामान नेपाली बजारमा किन्दा बढी मूल्य तिर्नुपर्ने भएकाले बाहिरबाटै बोकेर ल्याएको धनकुटाका धनकुटाका मनिषले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : २५ बजे

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र

एनएमबि बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न 

काठमाडौं– एनएमबि बैंकले बुधबार बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरकाे उमा

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली

पोर्चुगलको समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लिस्बन– सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं– रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले