दशैंमा घर जानेले घर लैजाने कोशेलीको जोहो शुरु भएको छ । कोशेली अर्थात मिठाइका रुपमा मीठो खानेकुरा लैजाने सोचका साथ धेरैको रोजाइ गुदपाक तथा पुस्टकारी बन्ने गर्दछ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् ।
बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेका हुन्छन् ।
गुदपाक र पुस्टकारी खाँदा यी कुरामा ध्यान दिनुहोला
- कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ। यस्ता रसायनयुक्त पदार्थ अखाद्य हुन्। गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ। कतिपय खान मिल्ने रङ पनि हुन्छ भने धेरैजसो अखाद्य।
- गुदपाक/पुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुन्छ। जो स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन्। खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ।
- दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ।
- यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ। त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना उच्च रहन्छ।
- गुदपाक/पुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ। फलस्वरूप मधुमेहसमेत हुन्छ।
- रगतमा ग्लुकोजको मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ।
- रंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ।
प्रतिक्रिया