गुदपाक र पुस्टकारीले स्वास्थ्यमा असर पुग्छ, खाँदा ध्यान दिनुहोस् « Khabarhub

गुदपाक र पुस्टकारीले स्वास्थ्यमा असर पुग्छ, खाँदा ध्यान दिनुहोस्


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा घर जानेले घर लैजाने कोशेलीको जोहो शुरु भएको छ । कोशेली अर्थात मिठाइका रुपमा मीठो खानेकुरा लैजाने सोचका साथ धेरैको रोजाइ गुदपाक तथा पुस्टकारी बन्ने गर्दछ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् ।

बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेका हुन्छन् ।

गुदपाक र पुस्टकारी खाँदा यी कुरामा ध्यान दिनुहोला

  • कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ। यस्ता रसायनयुक्त पदार्थ अखाद्य हुन्। गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ। कतिपय खान मिल्ने रङ पनि हुन्छ भने धेरैजसो अखाद्य।
  • गुदपाक/पुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुन्छ। जो स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन्। खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ।
  • दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ।
  • यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ। त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना उच्च रहन्छ।
  • गुदपाक/पुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ। फलस्वरूप मधुमेहसमेत हुन्छ।
  • रगतमा ग्लुकोजको मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ।
  • रंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको