कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान « Khabarhub

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गर्दै शर्माले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने  जानकारी दिए ।

अन्य जिल्लाका हकमा चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन नेता तथा कार्यकर्तालाई  निमन्त्रणा गरेको छ ।

२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष कांग्रेसले आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ३१ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक