जिम्बावेविरुद्धको खेलमा नेपाल ४० रनले पराजित « Khabarhub

जिम्बावेविरुद्धको खेलमा नेपाल ४० रनले पराजित


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमै सीमित बन्यो ।

नेपालको आजको खेल पनि निकै फितलो रह्यो । पवन शर्राफ र कप्तान पारस खड्काले ओपनिङ गरे पनि पवनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए ।

आरिफ शेख र विनोद भण्डारीले नेपालको पारि केही आशालाग्दो देखाए पनि ५४ रन पुग्दा आरिफ आउट भए । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनको योगदान दिएका थिए ।

नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो । मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर व्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए ।

१०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएका थिए ।

भण्डारीले ३३ बलमा ३५ रन बनाए । १८.५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अभिनास बोहराले क्रमश ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले जम्मा १२० रन बनायो । जिम्बावेका सिन विलियम्सले तीन विकेट लिएका थिए ।

सिंगापुरको इन्डियन एसोसियन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : ४२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण