पशु उत्पादनमा आवश्यकता र पहिचान गर्न आह्वान « Khabarhub

पशु उत्पादनमा आवश्यकता र पहिचान गर्न आह्वान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकमा आवश्यक हुने पशु उत्पादनलाई ध्यानमा राखी तिनीहरुको पहिचानसहित व्यवसायमा लाग्न किसान, उत्पादक र सो क्षेत्रका विज्ञलाई सुझाव दिएका छन् ।

पशु सेवा विभागले म‌ंगलबार आयोजना गरेको ‘विभागको स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस–२०७६’ को सप्ताहव्यापी कार्यक्रमको अवसरमा मन्त्री खनालले देशमा आवश्यक पर्ने अन्नलगायत मासुजन्य पदार्थको विश्लेषण गरी त्यसैअनुरूप उत्पादनमा जोड दिन सो क्षेत्रमा लागेका सम्बन्धित पक्षलाई आग्रह गरे ।

‘देशमा खाली रहेको बाँझो जमीन र बेरोजगारले रोजगारको रूपमा पशु उत्पादन व्यवसायमा ध्यान दिने हो भने मूल्य तिरीतिरी आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने थियो’, मन्त्री खनालले भने, ‘आफ्नो स्वामित्वमा जग्गा जमीन भएका दाजुभाइ तथा दिदीबहिनीले त्यसलाई खनजोत गरी उत्पादनमा जोड दिँदा पशुलगायत कृषितर्फको समस्या समाधान हुने थियो ।’

देशवासीमा अल्छीपना बढ्दै गएका कारण दरिलो काममा लागी नपर्दा कृषि क्षेत्रमा परिणाममुखी नतिजा पाउन नसकेको मन्त्रीको भनाइ थियो ।

सरकार र मन्त्रालयलाई दोष लगाउनुभन्दा योजना निर्माण गरी त्यसको समस्या समाधान, आधुनिक औजार, यन्त्र र उपकरणमा जोड, नयाँ बीउबिजन प्रयोगमा लाग्न कृषिमन्त्रीले आग्रह गरे ।

पशु उत्पादन तथा खेतबारीमा काम गर्ने किसानको सङ्ख्या घट्दै जानु तर सुपथ मूल्यमा सामान उपभोग गर्न खोज्नुका कारण कृषि क्षेत्र धराशायी बन्दै गएको मन्त्री खनालले ध्यानाकर्षण पनि गराए ।

‘मन्त्रालयले पशु उत्पादनमा जोड दिन नेपालको नौ वटा स्थानमा फार्म सुधारका लागि बजेट छुट्याएको छ’, मन्त्री खनालले भने, ‘राँगा, माछा, कुखुरा र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना