भारतीय रुपैयाँसहित कैलाश पक्राउ | Khabarhub Khabarhub

भारतीय रुपैयाँसहित कैलाश पक्राउ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो ।

‘रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो’, अधिकारीले भने । साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ५२ बजे

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार