राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : श्रेष्ठ « Khabarhub

राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : श्रेष्ठ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका छन् ।

हेटौँडामा स्थानीय पत्रकारहरुसँगको भेटघाटका अवसरमा नेता श्रेष्ठले बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगतको योगदान रहनुपर्ने बताए ।

प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरीहरु देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारहरुको भएको उल्लेख गरे ।

नेताहरुको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दाहरुलाई समाचार बनाउन उनले अनुरोध गरेका छन् ।

पत्रपत्रिकाले राजनीतिक विषयवस्तुलाई मात्र समाचारको रुपमा प्रस्तुत नगरेर नेपालको कृषि, उद्योग, पर्यटन, खेल, कलाजस्ता विषयवस्तुलाई समाचार बनाएर प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनको भनाई छ ।

प्रवक्ता श्रेष्ठले विज्ञान र प्रविधिको विकासलाई सदुपयोग गरी सञ्चार क्षेत्रले आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : १० बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार