कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविर « Khabarhub

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविर


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४७३ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा २९९ महिला, १२४ पुरुष र ५० बालबालिकाको स्वास्थ उपचार तथा परीक्षण गरिएको देवीदल गणका सेनानी पदम क्षेत्रीले जानकारी दिए ।

स्थानीय शान्ति आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरमा सेनाको श्री नं २५ फिएको चिकित्सक टोलीका साथै महाकाली अञ्चल अस्पताल र आँखा अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य जाँच गराउन आउनेमा ज्वरो, टाउको तथा हाडजोर्नी दुख्ने, आँखाका बिरामी बढी छन् । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीयवासी हर्षित भएका छन् ।

भीमदत्तनगरपालिका–१३ का विष्णुमाया थापाले स्वास्थ्य शिविरबाट राहत मिलेको बताए ।

वेदकोटमा विपद् तालीम

नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले बेदकोट नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन प्रतिकार्य तालीम सञ्चालन गरेको छ ।

वेदकोटका सबै वडाका ३० जनालाई गुल्मले दुई दिनसम्म विपद् न्यूनीकरणसम्बन्धी तालीम प्रदान गरेको सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले जानकारी दिए ।

्वेदकोट नगरपालिका कार्यालयसहितको समन्वयमा सो तालीम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ४० बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन