कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविर « Khabarhub

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविर


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४७३ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा २९९ महिला, १२४ पुरुष र ५० बालबालिकाको स्वास्थ उपचार तथा परीक्षण गरिएको देवीदल गणका सेनानी पदम क्षेत्रीले जानकारी दिए ।

स्थानीय शान्ति आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरमा सेनाको श्री नं २५ फिएको चिकित्सक टोलीका साथै महाकाली अञ्चल अस्पताल र आँखा अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य जाँच गराउन आउनेमा ज्वरो, टाउको तथा हाडजोर्नी दुख्ने, आँखाका बिरामी बढी छन् । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीयवासी हर्षित भएका छन् ।

भीमदत्तनगरपालिका–१३ का विष्णुमाया थापाले स्वास्थ्य शिविरबाट राहत मिलेको बताए ।

वेदकोटमा विपद् तालीम

नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले बेदकोट नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन प्रतिकार्य तालीम सञ्चालन गरेको छ ।

वेदकोटका सबै वडाका ३० जनालाई गुल्मले दुई दिनसम्म विपद् न्यूनीकरणसम्बन्धी तालीम प्रदान गरेको सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले जानकारी दिए ।

्वेदकोट नगरपालिका कार्यालयसहितको समन्वयमा सो तालीम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ४० बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार