रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो « Khabarhub

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ ।

भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।

खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ ।

रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाई गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ ।

विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ । तर पछिल्ला वर्षहरुमा यो प्रवृत्तिमा नाटकीय रुपमा सुधार आएको छ ।

अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ । प्रतिवेदनका लेखकहरुले अल्कोहल सेवनमा कमी भएकै कारण रुसीहरुको औसत आयु पनि बढेको बताएका छन् । सन् २०१८ मा महिलाको औसत आयु ७८ वर्ष र पुरुषको ६८ वर्ष पुगेको थियो । यो रुसकै इतिहासमा सबैभन्दा उच्च हो ।

सन् १९९० को दशकमा पुरुषको औसत आयु ५७ वर्षमात्र थियो । विगतमा सोभियत नेता मिखाइल गोर्बाचेभले आंशिक प्रतिबन्ध सहित मदिरा–विरोधी अभियान नै चलाएका थिए । यसका कारण सन् १९८० देखि १९९० सम्म मदिराको उपभोगमा निकै कमी आएको थियो ।

तर सोभियत संघको विघटन सहित अल्कोहलको उपभोग एकाएक वृद्धि भयो, र योक्रम सन् २००० को दशकसम्म जारी रह्यो ।

पुटिनको शासनकाल शुरु भएसँगै राति ११ बजेपछि मदिराको बिक्री वितरणमा रोक लगाउनुका साथै खुद्रा बिक्रीमा कर वृद्धि र विज्ञापन प्रशारणमा प्रतिबन्ध लगाइयो ।

रुसी वयस्क उमेरका व्यक्तिहरुले आजभोलि फ्रान्सेली र जर्मनको भन्दा न्यून मात्रामा अल्कोहल सेवन गरिरहेको डब्लुएचओले जनाएको छ ।

मस्कोले हालैमात्र सवारी साधन चलाउँदा सूर्ती सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ५५ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार