यति एयरलाइन्सका मालिक शेर्पाको अन्त्येष्टि आइतबार | Khabarhub Khabarhub

यति एयरलाइन्सका मालिक शेर्पाको अन्त्येष्टि आइतबार


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरीङ शेर्पाको आइतावर अन्त्येष्टि गरिने भएको छ ।

शुक्रवार विहान टिचिङ अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको थियो । शवलाई आज विहान ८ बजेपछि टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिनेछ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले शेर्पाको आइतबार अन्तिम संस्कार गर्ने परिवारले बताएको जानकारी दिए ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने आजै अन्त्येष्टि गरिनेछ ।

दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पोखरामा अन्त्येष्टि गरिनेछ भने दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ई ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकमी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

टिचिङ अस्पतालमा आफन्तलाई शव जिम्मा लगाएपछि प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले यति एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्तिम संस्कार गरिने जानरकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ५९ बजे

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको