यति एयरलाइन्सका मालिक शेर्पाको अन्त्येष्टि आइतबार « Khabarhub

यति एयरलाइन्सका मालिक शेर्पाको अन्त्येष्टि आइतबार


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरीङ शेर्पाको आइतावर अन्त्येष्टि गरिने भएको छ ।

शुक्रवार विहान टिचिङ अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको थियो । शवलाई आज विहान ८ बजेपछि टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिनेछ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले शेर्पाको आइतबार अन्तिम संस्कार गर्ने परिवारले बताएको जानकारी दिए ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने आजै अन्त्येष्टि गरिनेछ ।

दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पोखरामा अन्त्येष्टि गरिनेछ भने दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ई ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकमी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

टिचिङ अस्पतालमा आफन्तलाई शव जिम्मा लगाएपछि प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले यति एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्तिम संस्कार गरिने जानरकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ५९ बजे

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका

कानुनसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न सातवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल