अन्तिम श्रद्धाञ्जली शुरु हुँदै गर्दा भावविह्वल बन्यो टुँडिखेल « Khabarhub

अन्तिम श्रद्धाञ्जली शुरु हुँदै गर्दा भावविह्वल बन्यो टुँडिखेल


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा पुर्‍याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव टुँडिखेलमा पुर्‍याइएको हो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएकालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा मञ्च बनाइएको छ ।

भावविह्वल आफन्त

हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव बिहीबार काठमाडौं ल्याइएको थियो । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको हो । शुक्रवार विहान ११ बजेसम्म शव टुँडिखेलमा राखिने जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शव पुग्दा टुँडिखेलमा मृतकका आफन्तको रुवाबासी चलेको छ । टुँडिखेलमा पुगेका धेरैजसो भावविह्वल मुद्रामा देखिन्छन् ।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सत्तारुढ दल नेकपाका नेतादेखि कार्यकर्ता टुँडिखेलमा उपस्थित छन् । निधन भएका सातै जनालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २९ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको