मन्त्री अधिकारीको शव पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धानञ्जलीका लागि राखिने, रामघाटमा अन्त्येष्टि « Khabarhub

मन्त्री अधिकारीको शव पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धानञ्जलीका लागि राखिने, रामघाटमा अन्त्येष्टि


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर काठमाडौंंमा श्रद्धाञ्जली सकिएपछि पोखरा ल्याइने छ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ । अप्रत्यासित घटना सुनेलगत्तै अधिकारीको पोखरास्थित जन्मस्थल गैरा गाउँ जामुने बोटमा छिमेकीहरु भावविह्वल छन् ।

रवीन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए ।
अधिकारीको निधनले सारा गाउँ नै शून्यता छाएको जामुनाबोटबासीहरु बताउँछन् । उनीहरु भन्छन् गाउँ नै टुहुरो बनेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५