७ महिनामा १५ जबर्जस्ती करणीको उजुरी, १३–१७ उमेर समूहका बालिका बलात्कृत « Khabarhub

७ महिनामा १५ जबर्जस्ती करणीको उजुरी, १३–१७ उमेर समूहका बालिका बलात्कृत


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ ।

बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार २०७५ असार २४, साउन ३, भदौ ७, भदौ २०, भदौ २१, भदौ २२, असोज ६, असोज १९, कात्तिक २७, मङ्सिर ४, पुस ७, पुस १४, पुस २१, माघ १, माघ १४ को मितिमा जिल्लास्थित विभिन्न प्रहरी कार्यालयमा पीडितका परिवारले जाहेरी दिएका थिए ।

पीडितपक्षको जाहेरीपश्चात प्रहरीले पीडकलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ भने फरार रहेकाको खोजीकार्यलाई तीव्रता दिएको छ । बालिका एकल तथा सामूहिक बलात्कारको सिकार भएका छन् ।

गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका छ गरी कूल २३ उजुरी प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीमा पाँच र जबर्जस्ती करणी उद्योगमा छ गरी कूल ११ उजुरी परेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ५२ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा