रवीन्द्र अधिकारीको निधन सहनै नसकिने पीडा ! « Khabarhub

रवीन्द्र अधिकारीको निधन सहनै नसकिने पीडा !


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

– गोकर्ण विष्ट


यो ज्यादै दुःखद क्षण हो । एकातिर हामीले सँगै काम गर्ने मन्त्री गुमाएका छौं । अर्कोतिर हामीले जनप्रतिनिधि गुमाएका छौं । आन्दोलनको एउटा योद्धा गुमाएका छौं । मेरो त व्यक्तिगत हिसावले सबैभन्दा लामो अवधिको साथी गुमाएको छु । हामी अत्यन्तै दुःखी छौं ।

राजनीतिक जीवनको सवैभन्दा लामो आवधि सँगै विताउँदा रवीन्द्रसँगका धेरै स्मरणीय क्षणहरु छन् । उहाँ विद्यार्थीको इञ्चार्ज र म मोर्चा इञ्चार्जको हिसावले काम गर्दा हामीले जुन प्रकारका दुःख, कष्ट र कठिनाइहरु सामना ग¥यौं, ती एकदमै स्मरणीय छन् । ती क्षणहरुलाई एकदम नजिकबाट सम्झिरहेको छु ।

३ दशक लामो राजनीतिक यात्रामा निरन्तर रुपमा देश र जनताको हितमा काम गर्ने क्रममा धेरै यस्ता क्षण छन्, जहाँ हामीले थुप्रै चुनौती र कष्टका बाबदूत जिम्मेवारी पूरा ग¥यौं ।

उहाँ जस्तोसुकै अप्ठेरो स्थितिमा पनि सहज रुपमा काम गर्ने । दुःखलाई हाँसेर जित्ने उहाँको खुवी थियो । आन्दोलनका क्रममा उहाँसँग हुँदा सधैं हौसला मिल्थ्यो ।

कार्यकर्तामाझ उहाँ सधैं प्रिय हुनुहुन्थ्यो । अहिले उहाँ हामीमाझ हुनुहन्न भन्ने सोच्दा पनि सहन नसकिने पीडा महसूस भइरहेको छ । उहाँको निधन देश र जनताका लागि अपूरणीय छ नै व्यक्तिगत रुपमा मेरो लागि सबैभन्दा नजिकको साथी गुमाएको छु । उहाँको निधन सहनै नसकिने पीडा बनेको छ ।

खबरहबकर्मी रिता लम्सालसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ४२ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा