टुँडिखेलमा पाइलटकी आमा– छोरालाई बोलाइन्, चिच्याइन्, अँह प्रभाकरले सुनेनन् ! « Khabarhub

टुँडिखेलमा पाइलटकी आमा– छोरालाई बोलाइन्, चिच्याइन्, अँह प्रभाकरले सुनेनन् !


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर केसी ।

जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन केसी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडिखेलमा राखिएको छ ।

यसैक्रममा आफ्ना छोरा प्रभाकरलाई श्रद्धान्जली दिनका लागि टुँडिखेल पुगेका परिवारका सदस्य विक्षिप्त बनेका छन् ।

काठमाडौं ताहचलका प्रभाकर ‘योङ पाइलट’का रुपमा परिचित थिए । हिमाली क्षेत्रको अफ्ठेरो परिस्थितिमा पनि उडान भर्न सक्ने उनी कुशल पाइलट थिए । तर उनको यो कुशलता शायद ‘दैव’ लाई मन परेन ! कलिलै उमेरमा प्रभाकरको इहलिला समाप्त भयो ।

छोराको हँसिलो अनुहार पनि अन्तिम क्षणमा आमा र परिवारका सदस्यले देख्न पाएनन् । दुर्घटनामा परेका प्रभाकरसहित अन्य सवैको शव चिन्न सक्ने अवस्थामा थिएन ।

शुक्रवार टुँडिखेलमा छोराको शवका टुक्राहरुसहितको पोका देखेपछि प्रभाकरकी आमा सम्हालिन सकिनन् ।

आशुका बलिन्द्र धारामा रुँदै उनले आफ्नो मातृत्व भाव प्रकट गरिन् । आफ्नो छोरालाई बोलाइन्, चिच्च्याइन्, अहँ प्रभाकरले सुनेनन् !
मेरो छोरा….. मेरो बाबु ……
भन्दै भावविह्वल बनेकी आमालाई प्रभाकरका आफन्तले टुँडिखेलबाट बाहिर निकालेका छन् ।

पार्थिव शरीरबाट टाँढिएपनि प्रभाकरको स्मरण आमाले कसरी भुल्न सक्नु होला र !

दुर्घटना अकल्पनीय हुन्छ । यो अकल्पनीय पीडामा प्रभाकरका परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस्, हार्दिक समवेदना !

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ३७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको