टुँडिखेलमा पाइलटकी आमा– छोरालाई बोलाइन्, चिच्याइन्, अँह प्रभाकरले सुनेनन् ! « Khabarhub

टुँडिखेलमा पाइलटकी आमा– छोरालाई बोलाइन्, चिच्याइन्, अँह प्रभाकरले सुनेनन् !


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर केसी ।

जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन केसी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडिखेलमा राखिएको छ ।

यसैक्रममा आफ्ना छोरा प्रभाकरलाई श्रद्धान्जली दिनका लागि टुँडिखेल पुगेका परिवारका सदस्य विक्षिप्त बनेका छन् ।

काठमाडौं ताहचलका प्रभाकर ‘योङ पाइलट’का रुपमा परिचित थिए । हिमाली क्षेत्रको अफ्ठेरो परिस्थितिमा पनि उडान भर्न सक्ने उनी कुशल पाइलट थिए । तर उनको यो कुशलता शायद ‘दैव’ लाई मन परेन ! कलिलै उमेरमा प्रभाकरको इहलिला समाप्त भयो ।

छोराको हँसिलो अनुहार पनि अन्तिम क्षणमा आमा र परिवारका सदस्यले देख्न पाएनन् । दुर्घटनामा परेका प्रभाकरसहित अन्य सवैको शव चिन्न सक्ने अवस्थामा थिएन ।

शुक्रवार टुँडिखेलमा छोराको शवका टुक्राहरुसहितको पोका देखेपछि प्रभाकरकी आमा सम्हालिन सकिनन् ।

आशुका बलिन्द्र धारामा रुँदै उनले आफ्नो मातृत्व भाव प्रकट गरिन् । आफ्नो छोरालाई बोलाइन्, चिच्च्याइन्, अहँ प्रभाकरले सुनेनन् !
मेरो छोरा….. मेरो बाबु ……
भन्दै भावविह्वल बनेकी आमालाई प्रभाकरका आफन्तले टुँडिखेलबाट बाहिर निकालेका छन् ।

पार्थिव शरीरबाट टाँढिएपनि प्रभाकरको स्मरण आमाले कसरी भुल्न सक्नु होला र !

दुर्घटना अकल्पनीय हुन्छ । यो अकल्पनीय पीडामा प्रभाकरका परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस्, हार्दिक समवेदना !

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ३७ बजे

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं