श्रद्धान्जली दिँदै डा. भट्टराईले भने – देशले होनाहार नेता गुमाएको छ « Khabarhub

श्रद्धान्जली दिँदै डा. भट्टराईले भने – देशले होनाहार नेता गुमाएको छ


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधले देशले ठूला होनाहार नेता गुमाएको जनाएका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले दुर्घटनाले आफूलाई मर्माहत बनाएको जनाएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरु सबैप्रति श्रद्धान्जली व्यक्त गरे ।

‘बेलाबेलामा हामीले देशका होनाहार नेता गुमाइरहनु परेको छ’ भट्टराईले भने,‘यो क्षेत्रमा सुधार गर्न अत्यन्तै आवश्यक छ । हाम्रो जस्तो पहाडी क्षेत्रमा हवाइ यातायातको निर्णायक भूमिका हुन्छ त्यसलाई हामीले अन्त्य गर्न सक्दैनौ त्यसो भएकाले पनि पछिल्लो प्रविधिमा आधारित रहेर पनि सुरक्षालाई अलि चुस्त बनाउनुपर्छ ।’

हवाइ यात्राका क्रममा हेलचक्राइ हुने गरेको भन्दै भट्टराईले हवाई सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ५८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट