रवीन्द्र अधिकारीको निधन– देश र पार्टीले भावी नेतृत्व गुमायो « Khabarhub

रवीन्द्र अधिकारीको निधन– देश र पार्टीले भावी नेतृत्व गुमायो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

रवीन्द्र अधिकारीको राजनीतिक जीवन विद्यार्थी नेताका रुपमा शुरु भएको हो । राजनीतिक मोर्चामा सधैं अग्रपंतिमा उभिने नेता हुनुहुन्थ्यो उहाँ ।

राजनीतिक जीवनको शुरुवाती क्षणमै उहाँ मसँगको सम्पर्कमा रहनुभयो । उहाँलाई पार्टी सदस्यता पनि मैले नै दिएको थिएँ । राजनीतिक प्रशिक्षणका लागि पनि उहाँ निरन्तर महसँगको सम्पर्कमा रहनुहुन्थ्यो ।

नेकपाले भावी नेतृत्व गुमाएको छ । हाम्रो पार्टीका लागि यो सबैभन्दा ठूलो क्षति हो ।

आज देश निर्माणका लागि अभियान शुरु गर्नुपर्ने अवस्थामा उहाँजस्तो व्यक्तिको अभाव राष्ट्रले ब्यहोर्नु परिरहेको छ । एउटा योद्धा, कर्मठ, विद्धान व्यक्तिलाई हामीले गुमाएका छौँ । यसको क्षतिपूर्ति निकै लामो समयसम्म हामीले पूराा गर्नुपर्ने छ ।

मृत्यु त सबैको हुन्छ नै । उहाँ एउटा ठूलो योगदान दिएको व्यक्ति हुनुहुन्थ्यो । नेकपाका पुरानो पिढीका नेताहरु अबको ४–५ वर्षमा सबै बिदा हुँदैछन् । त्यसपछिका ८–१० जना व्यक्तिभित्र उहाँ हुनुहुन्थ्यो ।

उहाँले देश र जनताका लागि ठूलो योगदान दिनुभएको थियो । उहाँ रहिरहनुभएको भए उहाँमाथि ठूलो जिम्मेवारी आउँथ्यो, पार्टी र सकारको नेतृत्वको ।

उहाँको निधनले त्यो अभाव महसूस गराएको छ । मैले व्यक्तिगत रुपमा पनि त्यो अभाव महसूस गरेको छु । म बाँचुन्जेलसम्म उहाँलाई सम्झिरहने छु ।

कुराकानीमा आधारित

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ५२ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा