‘प्लेनबाट उहाँले घर देखाउनुभएको दृष्य मानसपटलमा नाँचिरहेको छ’ « Khabarhub

‘प्लेनबाट उहाँले घर देखाउनुभएको दृष्य मानसपटलमा नाँचिरहेको छ’


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

टुँडिखेलमा स्वर्गीय अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले विगतमा आफू अधिकारी धेरै नजिक बसेर काम गरेको सुनाए ।

भर्खरै पनि आफुले अधिकारीसँगै यात्रा गरेको सुनाउँदै कर्णले भने, ‘ उहाँसँग मैले लामो समय नजिक बसेर काम गरे । अस्ति भर्खर पत्रकार महासंघको सम्मेलनमा उहाँ र म सँगै प्लेनमा पोखरा गयौ र सँगै फर्कियौ पनि । त्यतिबेला उहाँले प्लेनबाटै त्यो डाडाको मेरो घर हो । छेउमा रहेको विद्यालय भन्दै देखाउनुभएको थियो ।’

नेता कर्णले अधिकारीसँग विगतमा गरेका काम अहिले मानसपटलमा नाँचिरहेको बताए । उनले भने, ‘आज पनि उहाँको तस्वीर हेर्दा प्लेनमा सँगै बसेको छु जस्तो लागिरहेको छ । उहाँ कठिन परिश्रमी हुनुहुन्थ्यो जसको कारणले आज पर्यटन क्षेत्रले ठुलो फड्को मारेको छ । उहाँप्रति हृदयदेखि ठुलो श्रन्द्धाजली छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : ०९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा