शव ल्याइने भएपछि पोखरा विमानस्थलमा सर्वसाधारणको बाक्लो उपस्थिति « Khabarhub

शव ल्याइने भएपछि पोखरा विमानस्थलमा सर्वसाधारणको बाक्लो उपस्थिति


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गरिने छ ।

शुक्रवार(आज) काठमाडौंको टुँडिखेलमा श्रद्धान्जलि पछि मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा केही बेरपछि आइपुग्ने छ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

राजकीय सम्मान र अन्त्येष्टिका लागि नेपाल सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पोखरा आउँने भएका छन् ।

त्यस्तै नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँनेछन् । उनीहरुले मन्त्री अधिकारीको पार्थीव शरीरमा नेकपाको झण्डा ओढाउनेछन् भने उपप्रधानमन्त्री पोखरेलले राष्ट्रि झण्डा ओढाएर सम्मान प्रकट गर्नेछन् ।

मन्त्री अधिकारीको शव विमानस्थलमा ल्याइने भएसँगै उनका शुभेच्छुक, शुभचिन्तक, परिवारका सदस्य, नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति पोखरा विमानस्थलमा भएको छ ।

श्रद्धान्जलीका लागि राखेका नयाँ वजारस्थिति प्रदर्शनी केन्द्रमा पनि शुभेच्छुक, शुभचिन्तक र नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको