शव ल्याइने भएपछि पोखरा विमानस्थलमा सर्वसाधारणको बाक्लो उपस्थिति « Khabarhub

शव ल्याइने भएपछि पोखरा विमानस्थलमा सर्वसाधारणको बाक्लो उपस्थिति


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गरिने छ ।

शुक्रवार(आज) काठमाडौंको टुँडिखेलमा श्रद्धान्जलि पछि मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा केही बेरपछि आइपुग्ने छ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

राजकीय सम्मान र अन्त्येष्टिका लागि नेपाल सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पोखरा आउँने भएका छन् ।

त्यस्तै नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँनेछन् । उनीहरुले मन्त्री अधिकारीको पार्थीव शरीरमा नेकपाको झण्डा ओढाउनेछन् भने उपप्रधानमन्त्री पोखरेलले राष्ट्रि झण्डा ओढाएर सम्मान प्रकट गर्नेछन् ।

मन्त्री अधिकारीको शव विमानस्थलमा ल्याइने भएसँगै उनका शुभेच्छुक, शुभचिन्तक, परिवारका सदस्य, नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति पोखरा विमानस्थलमा भएको छ ।

श्रद्धान्जलीका लागि राखेका नयाँ वजारस्थिति प्रदर्शनी केन्द्रमा पनि शुभेच्छुक, शुभचिन्तक र नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : ३७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले